हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताललाई पुन: संचालनमा ल्याई आईसोलेसन बनाउन माग
हरि तिमिल्सिना
तारकेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेसँगै नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ । तर आइसोलेसन बनाउने भनेर अघिल्लो साता नै तयारी गरेपनि नगरपालिकाले सकेको थिएन । यसअघि नगरपालिकाले वडा नं १ सांङ्लामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने बताएको थियो ।
त्यो सँगै हाल आएर नगरपालिकाले आठमहेलमा रहेका होटलहरुलाई आइसोलेसन बनाउने तयारी गरेको हो । संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरुमा पनि कुरा भैरहेको मेयर रामेश्वर बोहराले जानकारी दिए। तर यो कुरा आए सँगै तारकेश्वरका सामाजिक अभियन्त, स्थानीयहरुको माग भने बेग्लै छ।
उनिहरुले होटलहरुको साटो तारकेश्वर नग रपालिका वडा नं ६ मा रहेको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताललाई पुन: संचालनमा ल्याई आईसोलेसन बनाउन माग गरेका छन्। सामाजिक संजालमा आफ्नो धारणा राख्दै सामाजिक अभियन्ता हरि तिमिल्सिना लेख्नुहुन्छ ; `तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा यतिबेला कोरोना संक्रमितहरुलाई आईसोलेसन बनाउन होटलहरु खोज्दै हुनुन्छ भन्ने समाचार पढियो, तर २०७० सालमा सामुदायिक अस्पतालको रुपमा स्थापना भएको यो भवन माथि वहाँको नजर नपरेको देख्दा दु:ख लाग्यो।
हाल यो अस्पतालमा वडा कार्यलय बसेको छ, वडा कार्यलयले आफ्नो बेग्लै भवन बनाउनुको साटो जनताको सामुहिकताबाट बनेको अस्पतालमा डेरा जमाएर बसेको छ। यो अस्पताल माथि वडा कार्यलयले गरेको अतिक्रमणलाई हटाएर यसलाई पुनः संचालनमा ल्याएर जनतालाई यो कोरोना कहरमा सुविधा दिनुहुन हामी विनम्र अनुरोध गर्दछौं।
होटल भन्दा यो अस्पताल संचालन गर्न सस्तो पनि हुने हुनाले ध्यानाकर्षण पनि गराउदछौं।´
क्याटेगोरी : समाचार
ट्याग : #हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्