Techie IT
बुधबार, माघ २३,२०८१

उपत्यकामा थपिए २०८ जना कोरोना संक्रमित , थप ११ जनाको मृत्यु


काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर ८३७ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या देशभर ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा  काठमाडौं उपत्यकामा २०८ जनासहित पछिल्लो २४ घण्टामा ८३७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या १३७ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545