Techie IT
बुधबार, माघ २३,२०८१

तिनपिप्ले–रामघाट सडकमा गएराती पहिरो जाँदा दुई घरमा क्षति ,खानेपानी ट्याङ्की ध्वस्त


काठमाडौं । तारकेश्वर ३ को तिनपिप्ले–रामघाट सडक खण्डमा गएराती पहिरो जाँदा अन्नबाली नोक्सान हुनुका साथै खानेपानी ट्याङ्की नै बगाएको छ । खानेपानी ट्याङ्की भत्किँदा करिव ६० जनालाई खानेपानीको अभाव हुने भएको छ । पहिरोले २ घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । घर भत्किँदा अन्नपात, लत्ताकपडा, भाँडाकुँडा पुरिएको छ । मानिसहरु त्यो घरमा नबसेका कारण मानव क्षति भने हुन पाएन ।

बिहान ४ बजेको समयमा पहिरो जाँदा पानी परिराखेको अवस्थामा करिव ५० मिटर लामो पहिरो गएको थियो । वडा नं. ३ पहेँलभित्ते निबासी तथा युवा संघका नेता पवन गजुरेलका अनुसार अरु ३ घर पनि जोखिममा रहेका छन् । १०–१५ घर रहेको वस्तीमा पहिरो गएको हो ।

तारकेश्वर नगरपालिकाले तत्कालै डोजर ल्याएर बन्द भएको बाटो खुलाउने काम भएको छ । स्थानीयहरुले पहिरो गएपछि बस्ती र बाटो तत्काल सुरक्षित गर्नुपर्ने आवाज उठाएका छन् ।

त्यस्तै वडा नं. ३ कै तिनपिप्लेमा रहेको श्री कालिका शरण माध्यमिक विद्यालय प्राङ्गणको रुख ढलेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा नगरपालिकाले डोजर ल्याएर बाटो खुलाउने काम गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्ले–रामघाट सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545