Techie IT
बुधबार, माघ २३,२०८१

संखुवासभाको चिचिलामा सडक माथिबाट ढुङ्गा खस्दा स्काभेटर चालकको मृत्यू 


संखुवासभाको चिचिला गाउँपालिका–१ गगने नजिकै चिचिला पातालमा सडक माथिको ढुङ्गा झरेर स्काभेटर चालकको घटनास्थलमा नै मृत्यू भएको छ । मृत्यू हुनेमा मकवानपुर जिल्ला घरभई हाल बाँनिया निर्माण सेवामा स्काभेटर चालकको रुपमा काम गर्दै आएका ३१ बर्षीय हर्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउनुभयो ।
डिएसपी मल्लका अनुसार, मंगलबार (आज) दिउँसो करिब १ बजेतिर खाँदबारी–किमाथांका कोशील्हासा राजमार्ग अन्तर्गत चिचिला पाताल सडकखण्डमा सडक माथिको ढुङ्गा स्काभेटरले फुटाउने क्रममा माथिबाट ढुङ्गा झरेर चालकको मृत्यू भएको हो ।

क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
6:46 am5:48 pm +0545