Techie IT
बुधबार, माघ २३,२०८१

कोरोना संक्रमण बढेपछि तारकेश्वर मनमैजु क्षेत्र सिल


तारकेश्वर नगरपालिका वडा नं। १० का विभिन्न क्षेत्रमा कोरोनाको संक्रमण बढ्न थालेपछि सप्तऋषि टोल, शिव नगर र सिद्धेश्वर टोलमा वडा कार्यालयको निर्देशनमा उपभोक्ता समितिले सिल गरेको छ ।

सोमबार वडा कार्यालयमा सप्तऋषि, ऐश्वर्य नगर समाज, शिव नगर, नमुना नगर र सिद्धेश्वर टोल विकास समितिको पदाधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकले संवेदनशिल क्षेत्रको पहिचान गरी बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खोल्ने निर्णय गरेको छ ।

पसलहरु सञ्चालन गर्दा पनि कोभिड–१९ को मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा, सामाजिक दूरी, मास्कको प्रयोग गरेर मात्र खोल्न सकिनेछ । वडा नं. १० को कोरोना संक्रमित क्षेत्रमा टोल विकास समितिहरु सक्रियतामा शिव नगर टोल विकास समितिले माइकिङ गरेर टोल–टोलमा सचेतना गराएको छ । तारकेश्वर १० मा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भैसकेको छ भने कोरोना संक्रमित दुई पुरुषलाई किर्तिपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै अन्य दुई जना भने होम क्वारेनटिनमा रहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #corona


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545