Techie IT
बुधबार, माघ २३,२०८१

गोंगबुस्थित सुटकेश भित्र राखिएको अवस्थामा भेटिएको शवको सनाखत


आईतबार काठमाडौ को गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर सुटकेश भित्र राखिएको र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ।

सुटकेशमा शव र टाउको खुट्टा सुटकेश भन्दा ३०० मिटर पर रहेको अवस्थामा भेटिएको शव रोल्पाका कृष्णबहादुर बोहोराको भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेकोले घटना बारेमा थप विस्तृतमा भन्‍न सक्‍ने अवस्थामा नरहेको भन्‍दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताएका छन्।

सुटकेश र जेब्रा झोला राखिएका ठाउँ वरीपरी सिसिटिभी नभएकोले बिस्तृत रुपमा घटनाको बारेमा पत्ता लगाउन समय लागेको थियो। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545