Techie IT
बुधबार, माघ २३,२०८१

कोरोनाको हट स्पट बन्न सक्छ लोकतान्त्रिक चोक


 

विश्व महामारीको रुपमा फैलि रहेको कोरोनाको आजको स्थिति हेर्ने हो भने कोहि कहि अछुतो रहेन । यस्को पछिल्लो अवस्था नेपालमा पनि भयावह रुपमा बढ्दो छ । केही समय सुनसान रहेको राजधानी लकडाउन अन्त्य सङै फेरि खचाखच देखिदैछ । जस परिणाम उपत्यकामा दिनानुदिन बढ्दो संक्रमणको संख्या । त्यसमा तारकेश्वर नगरपालिका पनि सुचिकृत भैसकेको छ । तारकेश्वर नगरपालिकाको पुर्बी भेगमा वडा न ९ र १० को मुख्य जक्सन मानिने लोकतान्त्रिक चोक सम्पुर्ण आर्थिक, राजनितिक तथा सामाजिक आधार र महत्त्व बोकेको केन्द्रको रुपमा लिन सकिन्छ । तर उच्च सतर्कता नपनाउने हो भने यो छिट्टै नै कोरोनाको हटस्पट बन्न सक्छ ।

किन बन्न सक्छ भन्नेका कारणहरु ?

१. बढ्दो जन घनत्वो : साधारण अवस्थामा झै यस चोकमा मानिसहरुको भिडभाड यथावत नै छ । अझ भन्ने हो भने त फुर्सदका बालबालिकाहरु ,युवाहरु र अन्य मानिसहरू समय बिताउन चोकमा देखिनाले मानिसको चाप दिनानुदिन बढ्दो छ । यस्तो अवस्थामा यो शुभ लक्षण होइन ।

२. आवश्यकताभन्दा बढी संख्यामा रहेको ट्याकसी : यातायात सहजता बनाउन उदेश्य राखिएको ट्याक्सीहरुको संख्या आवश्यकताभन्दा बढी छ । एकै ठाउमा करिब २० वटा जति ट्याक्सीहरु कुनै दुरि नै कायम नगरी राख्नुले हिड्डुलमा समस्या त आएकै छ,अझै यस्ले रोक फैलाउन थय टेवा दिएको छ ।

३. आक्रमक रुपमा बढ्दो ठेला गाडा : सामान्य अवस्थामा करिब ५-७ वटा मात्र रहेको ठेला गाडाको संख्या यो महामारीको समयमा २०-२५ वटामा रुपान्तरण भैसकेको छ । यसले जनजीवनमा सहजता ल्याउने भए पनि रोग न्यूनीकरणमा भने नकारात्मक असर पार्दछ ।

४. चिया पसल : तातो चियाको चुस्की सङै साथीभाइहरुसङ्ग हसिमजाकका घरायसी, राजनितीक, ब्यापारीक जस्ता गफगाफमा मन प्रफुल्ल भएता पनि हालको समयलाइ रोकलाइ निम्तो पठाउनु हो ।

५. अव्यवस्थित पार्किङ : करिब १३ फिटको बाटोमा एकातिर लामबद रुपमा चिया गफे फिरन्तेहरुको बाइक पार्किङ गरिएको हुन्छ भने अर्कोतिर ब्यपारिक ठेला र ट्याक्सीको लाइन जस्ले गर्दा स्थल साघुरीने कारण सामाजिक दुरि कायम गर्ने निकै नै कष्टकर हुन्छ ।

यो समस्याका समाधान कसरी ?

१. अनावश्यक रुपमा समय कटाउन बिना उदेश्यका फिरन्ते सबै समूह र लिङ्गका गन्तव्यहिन मानिसहरु भिड कम गर्ने ।

२. ट्याक्सीको संख्या कम गर्ने गराउने वा ठाउँ ठाउँमा २-३ वटाका हिसाबमा फुरि कायम गरि पार्किङ गर्ने ।

३. यस्तो अवस्थामा जनजीवन नै ध्वस्त हुने गरि ठेलागाडा हटाउदा नकारात्मक असर पर्ने हुदा सबैको पालो आउने गरि एक समयमा ४-५ वटा राख्ने गरि तालिका बनाइ सबैलाइ ब्यपारको अवसर प्रदान गर्ने ।

४. यस्तो अवस्थामा २० रुपैयाँको चिया खाएर चोकचोकमा बसेर ठुला कुरा गर्नेहरुलाइ तत्काल कार्वाही गर्ने । ५. सडक अवरुद्ध हुने गरि गरिएको पार्किङ निषेध गर्ने । यसो गर्नाले चोक ५०% ले होलो हुन्छ ।

यस्को जिम्मेवारी कस्ले लिने ?

१. ब्यक्ति स्वयंले : यस्तो महामारीमा आफ्नो ज्यानको माया आफैले गर्नु पर्छ । त्यसैले अनावश्यकरुपमा चोकचोक ननिस्कने ।

२. स्थानीय तहले : स्थानिय तहमा अधिकार , जिम्मेवारी र दायित्व भएका कारण आफ्नो तह भयमुक्त र स्वस्थ बनाउने आवस्यक नीति नियमको तर्जुमा गरि कार्यान्वयन गर्ने गराउने । अवश्य परेमा परामर्श, सहयोग,दण्डको समेत ब्यवस्था गर्ने ।

३. सामुदायिक प्रहरी र नगर प्रहरी परिचालन : चोकमा देखिएको अनावश्यक भिड्भाड कम गर्ने र ब्यवस्थित बनाउन प्रहरी परिचालन गर्ने ।

४. टोलसुधार समितिहरु,क्लबहरु, विभिन्न संघसंस्थाहरु : समाजसेवाको उदेश्य लिएर गठन गरिएका संघसंस्थाहरु जनचेतना फैलाउने ।

५. स्वास्थ संघ संस्था : सरकारी मातहतमा खोलिएका स्वास्थ्य चौकीहरु चोकचोकमा सहयोग कक्ष बनाइ परामर्श, निशुल्क औषधिहरु उपलब्ध गराउने । साथै निजि स्वास्थ्य संघसंस्थाहरुसङ्ग सहकाॠ गर्ने गराउने ।

अन्त्यमा हामी हाम्रो स्तरबाट लोकतान्त्रिक चोकमा देखिएका समस्याहरुलाइ नजरअन्दाज गर्दै मुख दर्शक मात्र भएर बस्ने हो भने आजको मितिसम्म कहि कतै देखिएका यो महामारी भोलिका दिनमा तपाईं हाम्रो घरघरमा हुनेछ ।त्यसैले यो लोकतान्त्रिक चोक साथै तारकेश्वर नगरपालिका वडा ९र १० लाई सुरक्षीत र स्वस्थ राख्न सबैले आफ्नो कदम अघि बढाउनु पर्छ । होइन भने अब छिट्टै स्थिति भयावह हुन्छ जस्को हामी कल्पना पनि गर्न सक्दैनौ ।

 

( लेखक  जितेन श्रेष्ठ  तारकेश्वर सामजिक तथा खेलकुद मञ्चको अध्यक्ष हुनुहुन्छ )


क्याटेगोरी : विचार/बहस
ट्याग : #जितेन श्रेष्ठ, #तारकेश्वर सामजिक तथा खेलकुद मञ्च, #लोकतान्त्रिक चोक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545