Techie IT
आईतबार, वैशाख ७,२०८२

बुढानिलकण्ठ नगरपालिकामा तिन जनामा कोरोना संक्रमण


२२ साउन, काठमाडौं । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा तिन जनामा कोरोना संक्रमण पुस्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का दुई जना र वडा नं २ का एक जनामा कोरोना संक्रमण देखिएको हो । वडा नं ७ मा ४२ र ६६ वर्षीय महिला र वडा नं २ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

केहि दिन पहिले गरेको पिसिआर परिक्षणमा एक व्यक्तिमा कोरोना देखिएपछि बलम्बुमा रहेका परिवारका सदस्यहरुको परिक्षण गर्दा उनका सासु तथा श्रीमतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा बुढानिलकण्ठ प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

नेपाल सरकारको नीति अनुसार उनीहरुलाई नगरपालिकाको स्वास्थ्य कर्मीको निगरानीमा सेल्फ होम आइसोलेसनमा राखिएको र वडा नं २ का पुरुष गंगालाल अस्पतालमा कार्यरत रहेकोले सोहि अस्पतालमा राखिएको दाहालले जानकारी दिएका छन ।

उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको तुरुन्त स्वाव संकलन गर्ने बताउदै प्रमुख दाहालले सचेत रहन बुढानिलकण्ठ नगरवासीमा अनुरोध गरेका छन।


क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545