Techie IT
आईतबार, वैशाख ७,२०८२

छानिए मदन पुरस्कार २०७६ का लागि उत्कृष्ट ७ पुस्तकहरु


मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकहरु छनोट गरेको छ । यस वर्षको पुरस्कारका लागि २०७६ मा प्रकाशित १५१ पुस्तकहरु मध्य उत्कृष्ट ७ पुस्तकको लिस्ट आज निकालेको छ।

मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु खण्ड१–३०’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।

छनोट भएका उत्कृष्ट ७ पुस्तकमध्ये एकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको  रासी दुई लाख रहेको छ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मदन पुरस्कार २०७६


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545