एसिड आक्रमणमा परेकी पवित्रालाई नागार्जुन नगरपालिकाले रोजगारी दिने

गत बिहीबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगा घर भई नागार्जुन नगरपालिका वडा नं ४,बाफलमा बस्दै आएकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी दिने भएको छ ।
सोमबार नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले कीर्तिपुर अस्पतालमा पुगी कार्कीलाई सहानुभुती प्रदान गर्नुका साथै उपचारपछि नगरपालिकाले रोजगार उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
पीडित युवतीलाई भेट्न मेयर बस्नेतसहित नागार्जुन नगरपालिका कर्माचारीहरु कपिल प्रसाद पौडेल र नारायण प्रसाद तिमिल्सिीना अस्पताल पुगेका थिए ।भेटघाटको क्रममा मेयर बस्नेतले एसिड प्रहार गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै,एसिड बिक्री वितरणलाई नियमन गर्न समेत सरकारलाइ आग्रह गरे । उनले घाइते युवतीको शीघ्रस्वास्थ्य लाभको कामना पनि गरे । घरबाट दही किन्न भनेर निस्किएकी पवित्रामाथि साउन ८ गते साँझ सीतापाइलामा एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुबैलाइ प्रहरीले सोही दिन नियन्त्रण गरि कारवाही प्रकृया अघि बढाइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एसिड आक्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्