शेयर धितो राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने

काठमाडौँ । राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर भएका लगानीकर्ताले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ सोमबार जारी गरेको एकीकृत निर्देशिका अनुसार शेयर प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने व्यवस्था गरेको हो ।
यस्तो व्यवस्था यसअघि ६५ प्रतिशत मात्रै थियो । चालू आवको मौद्रिक नीतिले उक्त सीमालाई पाँच प्रतिशतले बढाएर ७० प्रतिशत पु¥याएको हो ।
सो व्यवस्थाले सेयर बजार थप विस्तार हुने विश्वास लिइएको छ । एकीकृत निर्देशिका अनुसार कूल १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋणलाई १२० दिनको अन्तिम मूल्यका आधारमा दिने व्यवस्था गरिएको छ । यस्तै, सेयर कर्जा प्रतिग्राहक बढीमा रु ५० लाखसम्म मात्र दिन पाइने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जाको सीमा पनि रु ५० लाख बराबर तोकिदिएको छ । यदि कुनै ऋणीले रु ५० लाखभन्दा बढी दिएको भए २०७९ असार मसान्तभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेयर धितो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्