Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडौंका १० जना कोरोना संक्रमित ,एक जनाकाे निधन


पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यसदिन थपिएका संक्रमितमध्ये १० जना काठमाडौंका रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नेपालमा थप एक जना काेराेना संक्रमितकाे निधन भएकाे छ । निधन हुने वीरगञ्ज ११, त्रीपुरा रानीघाटकी ८५ वर्षकी वृद्ध हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545