Techie IT
बुधबार, माघ २३,२०८१

महादेवका तिन नेत्र


धन भन्ने महादेवको तिन नेत्र भन्ने, पहिले उखानै थियो
अहिले त धन चाहिने रहेछ सवैलाई, भन्ने सावितै भयो ।
धनकै खातिर समाजमा अहिले, भष्ट्राचार बढ्दै गयो
के गर्न हुने के गर्न नहुने, धनले त्यो अन्धो भयो ।

धनकै खातिर घर परिवार पनि, मल जल गर्दै गए
बढ्दै गयो अहमता तिनमा, छोई नसक्नु भए ।
तडक भडक देखिन्छ समाजमा, होडवाजी चल्दै गयो
जस्ले वढि खर्च गरेर देखाउछ उ गन्ने मान्ने भयो ।

आफन्त पनि विरोनो हुदै गए, धनकै कारण यहाँ
धनी भए पराई पनि आफन्त, संसार भरी जहा ।
अहिले त धननै भएर वलवान, मान्छे नगन्ने भए
भाईचारा मित्रवत व्यवहार अहिले, सवै हराउदै गए ।

संसार किन वदलियो आज यहाँ,हुन तिनै मान्छे पनि
पैसा चिन्न नसकिने भए पनि,वन्नु परेको छ धनी ।
आफ्नो धरातल थियो कस्तो भनी, अहिले विर्सिदै गए
धनकै खातिर तिनै व्यक्तीहरु, गन्य र मान्य भए ।

अर्ति वुद्धिदिने गर्थे पहिला, मान्यजनहरु पनि
धनि गरिव हुदैन संसारमा,होचो र निचो भनि
धनकै कारण कुकर्महरु पनि, अहिले छोपिदै गयो
जहा जे नहुनु पर्ने थियो त्यहि शक्तीशाली भयो ।

लेखक
रामहरि शर्मा
तारकेश्वर,नगरपालीका–२
काभे्रस्थली, काठमाण्डौ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #रामहरि शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545