Techie IT
बुधबार, माघ २३,२०८१

मध्यराती साङ्गला प्रहरीले बरामत गरेको राँगा घर धनिलाई हस्तान्तरण


काठमाडौंको टोखा ,तारकेश्वर र चुनिखेल बाट भैसी चोरी बढेको छ। यसै सन्र्दभमा साङ्गला प्रहरीले आज राती करिव २ बजे २ वटा राँगा नियन्त्रणमा लिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ बस्ने मिनबहादुर कुइकेलको गोठमा बाधेको उक्त राँगा साङ्गला प्रहरीले नियन्त्रणमा लिई घर धनिलाई बुझाइएको महानगरीय अस्थाही प्रहरी बिट साङ्गलाका प्रमुख जाली नारायण श्रेष्ठले बताए ।

हामी राती नियमित गस्तीमा थियौ र सो क्रममा तारकेश्वर नगरपालिका वडा नं १ र ७ को सिमानामा पर्ने स्थानबाट सो राँगा समातिएको र अविरल बर्षा र झाडीको कारण चोरलाई पक्राउ गर्न नसकिएको श्रेष्ठको भनाई छ ।

गस्तीको क्रममा टाढैबाट चोरहरुले प्रहरीलाई देखी राँगा छोडी भागेको र उनीहरुको तीब्र रुपमा खोजी कार्य भइरहेको प्रहरी बिट साङ्गलाका प्रमुख जाली नारायण श्रेष्ठले बताए ।

यसै बिच तारकेश्वर बाट पटक पटक खसी बोका , भैसी , रागाँ चारी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेर सम्बन्धीत धनिलाई बुझाइसकेको छ ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #भैसी चोरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545