पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले ५० पत्रकार महिलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
काठमाडौँ महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा स्यानिटाइजर, पञ्जा र मास्क हस्तान्तरण गरिएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
उपप्रमुख खड्गीले कोभिड–१९ बाट शुरुमा काठमाडौँ उपत्यका सुरक्षित भए पनि उपत्यका छिर्ने सीमानाका कडाइ गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको बताउनुभयो ।
डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षितरुपमा काम गर्नका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारलाई स्वास्थ्य सामग्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्