दलित, सिमान्तकृत विद्यार्थीहरुलाई टोखा नगरपालिकाद्धारा शैक्षिक सामाग्री बितरण

कोरोना बाट प्रभावित भएका विद्यार्थीहरुलाई टोखा नगरपालिकाले शैक्षिक सामाग्री बितरण गरेको छ ।
कोरोना बाट प्रभावित भएका दलित, सिमान्तकृत, अल्पसंख्यक र लोपउन्मुख बर्ग र समुदायका विद्यार्थीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु जोग प्रसाद नेपाल र श्रीकृष्ण अधिकारी तथा नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा, वडा सदस्य रामभक्त घिमिरे लगायत जनप्रतिनिधिहरुले १ सय ६० जना जति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको टोखा नगरपालिकाले जनाएको छ ।
सबै जातजाति र भाषाभाषीको उत्थानका लागि कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #शैक्षिक सामाग्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्