आन्तरिक विवाद मिलाउन नेकपाका अध्यक्षद्वयबीच आज पनि छलफल
आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल भएको छ ।
आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसको निरन्तरतामा आज उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच सहमतिको प्रयासका लागि आज एक्लाएक्लै भेटवार्ता भएको जानकारी दिनुभयो ।
सरकार र पार्टीको सम्बन्ध, कोरोना रोकथाम, एमसिसी, पार्टी एकताका बाँकी काम आदि कार्यसूचीका लागि यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक यही असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपाका अध्यक्षद्वय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्