नेकपाको बैठक किन स्थगित भयो
काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी रहेको नेकपाको पाँचौ बैठक यहि असार २२ गते (आगामी सोमबार)सम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठक आज ११ बजेका लागि वोलाइएको थियो ।
उन अनुसार बैठक अव मंगलबार विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।
पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकोले बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समिक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधन लगायतका बिषयमा छलफल गर्नकालागि यहि असार १० गतेदेखि जारी रहेको छ ।
बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोगका अध्यक्ष, अनुशासन आयोगका अध्यक्ष, लेखा आयोगका प्रमुख ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहाकार परिषद्का संयोजक सहित ५० जनाको सहभागि रहेको छ । बेठकमा अहिलेसम्म ३७ जनाले आफ्नो धारणा राखिसक्नु भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्