Techie IT
बिहीबार, माघ ३,२०८१

नेवानिको ६२ औ वार्षिकोत्सव , नेपाल वायु सेवा निगम कहिले व्यवसायिक बन्छ ?


 

नेपाल वायुसेवा निगम नेपालको सवैभन्दा लामो समयदेखि संचालनमा रहेको सेवा हो । आफ्नो स्थापनाको ६१ वर्ष व्यतित गरिसक्दा पनि यो अझै विश्वस्तरमा चिनिन सकेको छैन । यही जुलाई १ तारिखदेखि ६२औ वर्षमा प्रवेश् गर्ने यो सेवाको आफनो इतिहास विविध भए थुप्रै चुनौतिहरु छन् । आम मानिसको नजगरमा वायु सेवाले आफ्नो क्षमता अनुसार सेवा दिन सकेको छैन ।

वायुुसेवाको सुरुआतका दिनहरु क्स्ता थिए ?

नेपाल वायुसेवा निगम १९५८ को जुलाईमा संचालनमा आएको थियो । सुरुआतमा एक जहाजबाट सुरु भई पोखरा, विराटनगर, सिमरा र भारतका विभिन्न ठाउँहरुमा उडान सुरु गरिएको थियो । त्यतिबेला वायु सेवासँग ९७ जना कर्मचारीहरु थिए । सन् १९७० मा नेपाल वायु सेवाले फ्रान्सका वायु सेवाका विज्ञहरु ल्याएर व्यवस्थापनमा सहयोग गर्न लगाइएको थियो । पछि सन् १९८७ मा निगमले आफना् पहिलो वोइग ७५७ ल्यायो । उक्त विमानको सहयोगबाट वायुसेवाले हंगकग, लन्डन, दुवाई र फ्न्यान्कफर्ट जस्ता ठाउँहरुमा उडान सुरु गरेको थियो । २२ सयजना कर्मचारी भएपछि नेपालको सवैभन्दा धेरै कर्मचारी भएको कार्यालय र सवैभन्दा बढी विदेशी मुद्रा भित्रयाउने कार्यालय बन्न सफल भएको इतिहास पनि छ । सोही वर्ष वायुसेवाले करिव ५५ मिलियन डलरको कारोवार गरी १७ मिलियन डलर नाफा कमाएको थियो । तर अहिले भने यो घाटामा छ भने १६ सय कर्मचारी छन् ।

थपिए नयाँ विमानहरु

सन् २०१४ मा चिन सरकारले नेपाल सरकारलाई २ वटा विमानहरु उपहार स्वरुप प्रदान गरेको थियो । सोही साल नेपाल वायु सेवाले चिन सरकारसँग ३ वटा नयाँ विमान किन्यो । त्यसपछि वायु सेवाको विमानको संख्या १० पुग्यो । सन् २०१५ मा थप २ वटा एअरबस ३२० जर्मनीबाट ल्याइयो । दुवै विमानमा वायुसेवाको नयाँ लोगोको चित्र कोरियो । फेरि दुई वर्षअघिमात्र नेपाल वायु सेवाले दुईवटा एअरवस ३२० ल्यायो । जसको मूल्य २०९ मिलियन डलर थियो, जुन नेपाली वायुसेवा इतिहासमा सवैभन्दा महँगो खरिद थियो । यसरी वायु सेवा अगाडि बढीरहँदा यसले धेरै देशहरुमा आफनो सेवा विस्तार गर्न खोजीरहे पनि युरोपिएन युनियनले लगाएको प्रतिवन्धका कारण युरोपको आकाशमा भने २०१३ देखिनै उड्न पाएको छैन ।

इयुको प्रतिवन्ध हटाउन पहल खोइ ?

इयुले नेपालको वायु सेवालाई लगाएको प्रतिवन्ध हटाउन पहल गर्न ढिला भइसक्यो । सन् २०१२ मा सिता एअरको विमान दुर्घटनाले ७ बेलायतीसहित १९ जनाले ज्यान गुमाएपछि नेपाली उडानहरुलाई कालोसूचिमा राखी इयुले प्रतिवन्ध लगाएको थियो । यसै कुरालाई ध्यानमा राखी नेपाल वायु सेवाले १० वर्षे कार्य योजना तयार पारी सन् २०१४ देखि २०२४ सम्मको आफ्नो कार्य योजना बनाएको थियो । तर अहिलेसम्म उक्त प्रतिवन्ध हटाउन खासै गंभीर पहल गरिएको देखिदैन । उक्त योजना अनुसार वायु सेवाले चारवटा वाइड वडी र पाँच वटा न्यारो वडी विमान किन्ने योजना छ । दुई वर्ष अघि निगमले एअर वस ३३० किनेपनि कसरी इयुको कालोसुचिबाट हटाउने भन्ने योजना बनाएको छैन । यो सूचि नहटेसम्म नेपाली विमान त्यहाँ पुग्न सक्दैनन । त्यसले निगमले ठोस प्रयास गर्नु पर्छ । इयुले पनि नेपाल जस्ता देशलाई सहयोग गरि उडानका लागि वातावरण मिलाउनु पर्छ ।

सहकार्य र साझेदारीमा जोड दिने कि ?

अहिलेको जमानामा एकजना या एक सस्थाले केही पनि गर्न सक्दैनन । एउटा राम्रो काम गर्नका लागि सहकार्यको खाँचो पर्छ । यसैगरि वायुसेवालाई राम्रो बनाउनको निम्ति सहकार्यको जरुरी छ । हुनत प्रयास नगरिएको होइन, सन् २०१८ मा जर्मनीको लुफथान्सा कन्सल्टिंगले नेपाल वायु सेवासँग रणनीतिक साझेदारी गर्न खोजको थियो । तर उसले धेरै लागत माग गरेपछि यो कामलाई स्थगित गरिएको थियो । सोही साल वायु सेवाले इथियोपिएन एअरलाइन्ससँग रणनीति साझेदारका रुपमा काम गर्ने योजना बनाइरहेको थियो जुन आर्थिक अभावका कारण तुहिन पुग्यो । त्यसैले आगामी वर्ष यस्ता पहललाई अगाडि बढाई कार्यान्वयनमा ल्याउनु पर्छ ।

आगामी दिनमा अव के गर्ने ?

अहिलेसम्म नेपाल वायुसेवासँग चार अन्तराष्टिय र सात आन्तरिक विमान गरि १३ वटा छन् । यी विमानहरु १० वटा अन्तराष्टिय र २६ वटा आन्तरिक विमानस्थलहरुमा उड्छन् । गएको पाँच वर्षको अन्तराष्टिय उडान डाटा हेर्ने हो भने सन् २०१४ देखि २०१९ सम्म नेपाल एअर लाइनबाट उडने यात्रुहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । सन् २०१४ करिव २ लाख ७ हजार यात्रु उडेको विमानमा सन २०१९ मा ७ लाख ३५ हजार यात्रुहरु उडेका छन् । यति हुँदा हुँदै पनि वायुसेवाको साख गिर्दो छ । त्यसैले विगतबाट सिकेर राम्रो बन्ने प्रयत्नमा लाग्नु पर्छ । नयाँ व्यवस्थापन र कार्यकारी अध्यक्षले यसमा ध्यान दिनु भएकै होला । निगमसँग थोरै आन्तरिक विमानहरु भएका कारण अझै नयाँ विमानहरु थप्दै सुरक्षामा विशेष ध्यान दिनुपर्छ । वायु सेवाको सुधार र विमानहरुका लागि जति धेरै लगानी गरियो त्यति नै यसले सेवा दिने र आम्दानी गर्न सक्ने हुन्छ । यसैगरि कर्मचारीहरु पनि इमान्दार भइ कामगर्नू पर्छ । ६२ औ वार्षिकोत्सव मनाउने तयारी गरीरहँदा कम्तीमा निगमलाई राजनीतिकरणबाट टाढा राख्दै यसको व्यवासायिक र पेशागत विकासमा सर्मर्पित हुन सकेमात्र यसले राष्टकै शान राख्न सक्छ ।

(केसी उड्यन क्षेत्रका रुचि राख्ने हाइस्कुल ग्रयाजुयट हुन्, उनी काठमाडौ तारकेश्वर वडा नं ७, फुटुग बस्छन् ।)


क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #breaking, #नेपाल वायुसेवा निगम, #संयोग के.सी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545