Techie IT
बुधबार, माघ २३,२०८१

टोखा नगरपालिकामा १०६ उजुरी


टोखा नगरपालिकामा तिन वर्षमा १६ वटा उजुरीहरु परेको छ। हरेक सोमवार बिहान १० बजे देखि ५ बजे सम्म चल्ने टोखा नगरपालिकाको इजलासमा आव २०७४/७५ मा ३१ , २०७५/७६ मा ३६ र २०७६/७७ मा ३९ वटा उजुरी परेको थियो।

 

टोखा नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप कर्ताको व्यवस्था गरेर सामान्य मुद्दा मिलाउने प्रयास गरिएको जानकारी दिदै उपप्रमुख ज्ञानमाया डंगोलले न्याय सम्पादनको अनुभव र ज्ञान अभिवृद्धि गर्नका लागि अवलोकन भ्रमण गरिएको पनि उल्लेख गरेकी छन।

नगरपालिकाको सातौ नगर सभामा उपप्रमुख ज्ञानमाया डंगोलले प्रस्तुत गरेको प्रतिवेदनमा २४ वटा मुद्दा फैशला गरिएको छ भने २० वटा मेलमिलाप गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानमाया डंगोल, #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545