Techie IT
बुधबार, माघ २३,२०८१

बर्दिया पिसिआर मेसिन स्थापना गर्न माग


काठमाडौँ । बर्दिया जिल्लामा कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराउन माग गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग सांसद तुल्सा थापाको नेतृत्वमा गएको टोलीले बर्दियामा कोभिड १९ परीक्षण गराउनका लागि पिसिआर मेसिन राख्न माग गरेका हुन् ।

उक्त मेसिन स्थापना गर्न विहिबार मन्त्रालयमा सासद थापा सहित सांसद सन्तकुमार थारु, विमला विक समेत गएका थिए ।
भेटमा मन्त्री ढकालले यहि असार १५ गतेदेखि दैनिक १० हजारका दरले परीक्षण गराउने तयारी भइरहेको बताए ।

यसअघि सांसद थापाको पहलमा बर्दियाका जनतालाई स्वास्थ्य सामाग्री व्यक्तिगत सुरक्षा कवच (पिपिई), सेनिटाइजर, पन्जा, एन ९५ मास्क लगायतका सामाग्री प्रदान गरिएको थियो ।

भारतसंग सिमाना गरिएको बर्दियाका अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् । अहिले ति मानिस फर्किएकोले कोभिड १९ परीक्षण गराउनु आवश्यक रहेको देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तुल्सा थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545