Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि


११ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र भक्तपुर जिल्लामा ४र४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं उपत्यकामा ९ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545