मन्त्री लेखराज भट्टको विशेष पहल र हयुम्यानिटी फाउन्डेसनको सहयोगमा डडेल्धुरा अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण
ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसीआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको विशेष पहलमा हयुम्यानिटी पाउण्डेसनकको सहयोगमा १ थान पिसिआर मेसिन सहित विभिन्न स्वास्थ्य उपकरण लिएर मन्त्री लेखराज भट्टका प्रमुख स्वकीय सचिव हितेस ओझा डडेल्धुरा पुगरे आजै हस्तान्तरण गरेका छन ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ लागेका छन्। उनले मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले भोलीबाटै जडानको काम सुरु गर्ने बताए। ‘भोलीबाटै पिसीआर मेसिन जडानको काम गर्छौ’ उनले भने, ‘अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ।’
मेसिन अस्पताललाई हस्तान्तरण गरेको ह्युम्यानिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।
क्याटेगोरी : विशेष
ट्याग : #डडेल्धुरा अस्पताल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्