Techie IT
बुधबार, माघ २३,२०८१

कोरोनाको आशंकामा मृत्यु भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र सिल


संखुवासभाको चैनपुर नगरपालिका २ मयममा ३५ वर्षीय यामबहादुर कार्कीको मृत्यु भएपछि कोरोनाको आशंकामा प्राथमिक स्वास्थ्य केन्द्र सोमबारबाट सिल गरिएको छ । झापा रत्नमाई नगरपालिकाका कार्की २ महिना अगाडि आएका थिए । उनलाई एक्कासी ज्वरो आएपछि सोमबार विहान उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा ल्याएपछि सिल गरिएको हो । प्राथमिक स्वास्थ्य क्षेत्र आसपासको क्षेत्र पनि सिल गरिएको छ ।

मृतकको स्वाव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको छ । स्वाव परीक्षणको नतिजा नआउन्जेल उपचार सेवा बन्द गरिएको मेडिकल अधिकृत डा विनोद वेकोजुले बताउनुभयो । उनको शव लिएर आएका गाडी चालकको समेत स्वाव परीक्षणका लागि पठाइएको छ । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545