Techie IT
बुधबार, माघ २३,२०८१

नेपालको नयाँ नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि टोखामा दिप प्रजलन


३१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता सधैभरी अमर रहोस भन्दै गरिएको टोखा नगरपालिका भवनमा दीप प्रज्वलनमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी वडा अध्यक्षहरु , जनप्रतिनिधि लगातको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखामा दिप प्रजलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545