Techie IT
बुधबार, वैशाख १०,२०८२

सिन्धुली अस्पतालमा मेसिन खरिदमा सात लाख घोटाला, अख्तियारमा उजुरी


काठमाडौँ, २२ जेठ ः सिन्धुलीमा रहेको सिन्धुली अस्पतालको मेसिन खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ ।
भिडियो एक्सरेका लागि खरिद गरिएिको मेसिनमा अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेल, मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का र वायोमेडिकल इन्जिनियर राजन डाँगीले खरिद प्रक्रियाम घोटाला गरेका छन ।

टेण्डर आवहनमा कम टेण्डर परेका पहिलो फर्मलाई छनौट नगरि बढी मूल्यमा खरिद गर्ने चौथो नम्बरका फर्मलाई छनौट गरि मिलोमोतोमा भ्रष्टाचार गरेका छन । उक्त टेण्डरमा पाँच फर्मले आशयपत्र बुझाएका थिए ।

गत चैत १ गते सात दिनको सूचना प्रकाशित गरी मेसिन खरिदका लागि टेण्टर आवहन गरेपछि पाँच वटा कम्पनीले मेसिन खरिदका लागि आशय व्यक्त गर्दै टेण्टर हालेका थिए । तर उनीहरुले पहिलो कम मूल्यमा खरिद गर्ने कम्पनीलाई छनौट नगरि सात लाख ८४ हजार ४३० रुपियाँ बढी पर्ने चौथौ नम्बर बढी मूल्य पर्ने कम्पनीलाई छनौट गरेका छन ।

पहिलो कम्पनीले २४ लाख ७३ हजार ५७० रुपियाँमा र चौथो कम्पनीले ३१ लाख ९८ हजार रुपियाँमा रहेको थियो ।
अस्पतालले बढी मूल्यमा टेण्डर गर्ने कम्पनीलाई छनौट गरि मेसिन खरिद गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

स्थानीय नारायण क्षेत्रले तीनै जनाको मिलोमतोमा कम मूल्य भन्दा बढी मूल्यमा खरिद गर्ने कम्पनीलाई छनौट गरेको भन्दै उजुरी दर्ता गराएका छन ।

उजुरीमा उनले प्राविधिक मूल्यांकनको नाममा आफूलाई बढी घुस आउने फर्मलाई छनौट गरि भ्रष्टाचारमा संलग्न तीनैलाई कारवाहीको माग गरेका छन ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545