Techie IT
बुधबार, माघ २३,२०८१

आइतबार थपिए १६६ संक्रमित, नेपालमा १५ सय ६७ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो ५ दिनदेखि कोरोना संक्रमितको संख्या बढ्ने क्रम आइतबार पनि यथावत रह्यो । नेपालमा आइतबार पनि १६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसहित अब कोरोना भाइरसबाट संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।

जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार संक्रमित १५६७ मध्ये १४ सय ५० पुरुष र १ सय १७ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार भेटिएकाको अहिलेसम्मको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनु भयो ।

डा. देवकोटाका अनुसार आइतबार पुष्टि भएका संक्रमितहरुमा सल्यानका २५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना रहनु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा रौटहतका २९ जना, सर्लाहीका १० जना, बाजुराका ३ जना, सुर्खेतका १ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, झापाका ४ जना, धनुषाका २१ जना र कपिलवस्तुका ५ जना पनि कोरोना संक्रमण भेटिएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हालसम्म पुष्टि भएको कोरोना भाइरस संक्रमण पुष्टि भएमध्ये २२० जना निको भएर घर फर्किसक्नु भएको छ । पछिल्लो समय मकवानपुरकी १ महिला डिस्चार्ज भएर घर फर्किनु भएको छ ।

यस्तैगरी कोरोना भाइरस संक्रमणका कारण नेपालमा ८ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककी एक महिला, बाँकेका एकजना पुरुष, गुल्मीका एक पुरुष, बाराका एक पुरुष, ललितपुरका एकजना पुरुष र अर्घाखाँचीका एक पुरुष, दैलेखका एक पुरुष, बाजुराकी एक दुई वर्षीया बालिकाको पनि मृत्यु भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545